लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एम्मा एफसीलाई फुटसल उपाधि, युनिक फ़ुटसलमा दर्शक र खेलाडी बढे

IMG

तिलोत्तमा सिटी, २०८० असोज १४ गते । तिलोत्तमा नगरपालिका-५ मा रहेको युनिक फ़ुट्सलमा अहिले दर्शक र खेलाडीको बर्चस्व बढेको छ।  विभिन्न स्तरका खेल खेलाइने सो फ़ुटसल मा थुप्रै क्लबको सहभागितामा फ़ुट्सल हुँदै आएको छ।  यसै क्रममा स्व. नेत्र बहादुर आचार्य क्षेत्री स्मृतिमा भएको दुई दिने खुला फुटसल प्रतियोगिताको उपाधि एम्मा एफसीले जितेको छ ।


फाइनल भिडन्तमा एम्माले इन्टर स्र्पोटसलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।त्यसअघि मणिग्राम स्थित युनिक फुटसलमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।विजेता बनेको एम्माले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने उपविजेता इन्टर स्पोर्टसले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।इन्टर स्पोर्टसका सन्देश गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।


उत्कृष्ट गोलरक्षक एम्माका हिमाल कार्की बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार डिएमसीका अंकित थापाले हात पारे ।विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच स्व. नेत्र बहादुर आचार्य क्षेत्रीकी श्रीमती हिरादेवी आचार्य क्षेत्री, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक शिवनगर युवा क्लब, बुटवल–७, दिपनगरका अध्यक्ष सरोज शेरचनले पुरस्कृत गरेका थिए ।पछिल्लो समय फ़ुटसलमा खेलाडीको मोह बढ्दै गएको छ। 




कमेन्ट गर्नुहोस्