लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३५ औ झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिता असोज १३ गतेबाट शुरु हुदै, तयारी तिब्र

IMG
तिलोत्तमा,असोज ११ गते २०८० बिहिबार। यस क्षेत्रकै प्रतिष्ठित झरना स्पोर्ट्स क्लब कुञ्जलापुरको आयोजनामा हुने झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको ३५औं संस्करण आगामी असोज १३ गतेदेखि शुरु हुने भएको छ । क्लबले बार्षिक रुपमा गर्ने सो प्रतियोगीताको भरपुर मनोरंजन लिनुहुन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेको छ। प्रतियोगिता सदा जस्तै यसपटक पनि तिलोत्तमा–६ , कुञ्जलापुर स्थित श्री उमा आधारभूत बिद्यालयको खेलमैदानमा हुने झरना स्पोर्ट्स क्लबका सचिव सिजन थापाले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भैरहेको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको क्लबका अध्यक्ष गङ्गा प्रसाद रानाले बताएका छन् ।सो कार्यक्रममा क्लबका अध्यक्ष रानाले मुख्य प्रायोजक र सहयोगी प्रति धन्यबाद ज्ञापन गर्दै क्लबले गर्ने सबै सामाजिक गतिबिधि भन्दा अलिक फरक तरिकाले आयोजना गरिएको खेलकुद प्रतियोगितामा सबैले खुलेर समर्थन र सहयोग गर्न आग्रह समेत गरे। 

स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने खेलमा १६ टिमको सहभागिता रहने छ। झरना स्पोर्ट्स क्लबले विभिन्न सामाजिक क्रियाकलाप, नगरपालिकाका बिबिध कार्यक्रमहरुमा सहभागीता, खेल र खेलप्रतिको प्रगतीले स्थानिय स्तरमा मात्रै नभई देशमै उल्लेखनिय काम गरेको क्लबका खेल संयोजक मनु श्रीसले बताए। क्लवले प्रतियोगिता संचालनका लागि मैदान मिलाउने, लेबलिङ्ग गर्ने काम सम्पन्न गरि सकेको छ भने भने ३ वटा अस्थायी प्याराफिट लगायतका अन्य भौतिक संरचनाहरुको काम समेत अगाडी बढाएको छ ।प्रतियोगितामा रुपन्देहीसहित ४ जिल्लाका १६ टिम तथा क्लबहरुको समेत सहभागिता रहने छ । 


तिलोत्तमा-६ निवासी स्व : रुकमाया दर्लामीको स्मृतिमा उहाको छोरा यम बहादुर दर्लामी,रोमन सिंह दर्लामीको परिवारले प्रतियोगितामा मुख्य प्रायोजन  गरेका छन्। उनले आफ्ना स्वर्गिय माता रुकमाया दर्लामीको स्मृतिमा पुरस्कार प्रायोजन गरेका हुन् ।  प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख १५ हजार नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन  ।  उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ७५ हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन्। यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडी,  पनि नगद सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबका खेल संयोजक मनु श्रीसले जानकारी दिएका छन । 


त्यस्तै प्रत्येक दिन म्यान अफ द म्याचलाई ३ हजार नगद सहित ट्रफी दिइने समेत उनले बताए। क्लबले खेल सम्पन्न गर्न १८ लाख खर्च लाग्ने अनुमान गरेको छ। गत बर्ष तिलोत्तमा-४ को जनज्योति क्लबले उपाधि जितेको झरना रनिङ्ग शिल्ड फूटबल प्रतियोगिताको यस बर्षको फाइनल खेल असोज २८ गते हुने आयोजकले जनाएको छ।

 





कमेन्ट गर्नुहोस्