लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसीसी इमर्जिङ कप आजबाट, नेपालको खेल भोली शुक्रबार

IMG

तिलोत्तमा सिटी । असार २८ गते । श्रीलंकामा आज बिहीबारबाट एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् । दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ ।



प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।  दुवै खेल नेपाली समय अनुसार बिहान सवा १० मा सुरु हुनेछ । समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ । 


कमेन्ट गर्नुहोस्