लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ च्याम्पियनसिप: नेपाल भारतसँग २-० ले पराजित

tillotmacitynews - 2023 Jun 24 10:56 PM
IMG

तिलोत्तमा सिटी / असार ९ ।  भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन । खेलको ६२औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाव बनाएको भारतका  महेश नोरिमले ७०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यहि अग्रतालाई खेलको निर्धारित समय सम्म कायम राख्दै भारतले नेपालमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत नेपाललाई हराएसँगै ६ जोडेको छ ।


पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबावमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजितमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्