लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दै

IMG

तिलोत्तमा सिटी । असार ९ गते । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज शनिबार आफ्नो दोस्रो खेल खेल्दै छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले दोस्रो खेलमा आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।नेपाल साविक उपविजेता हो । भारत भने साविक विजेता ।  त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।




पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जितको विकल्प छैन । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्न चाहन्छ । नेपालले हालसम्म भारतसँग आधिकारिक २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यसपालीको  साफमा ८ राष्ट्रको सहभागिता रहेको छ । यो  संस्करणको च्याम्पियनसिपमा नेपाल सहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् भने  कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा प्रतिस्प्रधा गरिरहेका छन् ।  नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।




कमेन्ट गर्नुहोस्