
तिलोत्तमा,असार १ गते २०८०। लियो क्लब अफ भलवारी युथको आयोजनामा पहिलो पटक जिल्ला स्तरिय फुटसल नकआउट असार ७ गतेदेखि हुँदैछ ।बिहिबार डेल्वा रिसोर्ट तिलोत्तमा सखुवानीमा पत्रकार सम्मेलन आयोजना गर्दै क्लबका अध्यक्ष युवराज भट्टराईले प्रतियोगिताको बारेमा जानकारी दिए । प्रतियोगिता भलवारी स्थित सनराइज फुटसल ग्राउण्डमा हुनेछ । सो प्रतियोगितामा जिल्लाभरीका ३२ टिमको सहभागिता रहनेछ ।
३ दिन सम्म चल्ने सो प्रतियोगितामा अनुमानित २ लाख ५० हजार खर्च लाग्ने बताइएको छ। प्रतियोगिताको विजेताले ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २० हजार पाउनेछ । साथै यस प्रतियोगिताबाट जिल्ला स्तरको खेलाडीको प्रतिभा प्रस्फुटन गर्न सघाऊ हुने र प्रतियोगिताबाट खर्च कटाई बचत भएको रकमले सृजनशील संस्था मंगलापुरमा रहेका अनाथ आश्रमका १६ जना बालबालिका लाई सहयोग गरिने समेत क्लबका सचिव आकर्षक बस्यालले बताए। प्रतियोगितामा आफुले सक्दो सबै सहयोग गर्ने र प्रतियोगितालाई सफल बनाउने सनराइज फ़ुट्सलका संचालक मणि पंगेनीले प्रतिबद्धता ब्यक्त गरे।
त्यस्तै क्लबको तर्फबाट सबै सहयोग रहने र प्रतियोगिताको भब्य सफलताको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ सिद्दर्थानगर युथका अध्यक्ष अमित गुप्ताले यस्तो किसिमको खेल खेलाउनाले खेल जगत र खेलाडीको समेत सम्मान हुने बताए। कार्यक्रमका बारेमा जानकारी गराउने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लब अफ सिद्दर्थानगर युथका अध्यक्ष अमित गुप्ता , सनराइज फ़ुटसलका संचालक मणि पंगेनी , क्लबका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्