लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित १६ जना जेल चलान

tillotmacitynews - 2023 Jun 16 11:03 PM
IMG

तिलोत्तमा,असार १ गते २०८०।  काठमाण्डाै जिल्ला अदालतकाे आदेशपछि नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना अभियुक्त जेल चलान भएका छन् ।शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे एकल इजलासमा भएकाे थुनछेक बहसपछि १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएकाे हाे ।यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना जेल चलान भएका छन् ।यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्