लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र अष्ट्रेलिया खेल्दै

IMG

तिलोत्तमा सिटी । जेठ २४ गते । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजदेखि सुरु हुँदैछ । फाइनलमा भारत र अष्ट्रेलिया खेल्दैछन् । खेल दिउँसो सवा ३ बजेदेखि इंग्ल्यान्डको द ओभलमा सुरु हुँदैछ । भारतको कप्तानी रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले गर्दैछन् । भारतले पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । 




भारतको टोलीमा 


रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, ईशान किशन (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट ।


अष्ट्रेलियाको टोलीमा 


प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी (विकेटकिपर), क्यामरन ग्रीन, मार्कस हरिस, ट्रविस हेड, जोश इंग्लिस, उस्मान खवाजा, मार्नस लाबुसेन, नाथन लायन, टोड मर्फी, माइकल नेसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क र डेविड वार्नर ।


कमेन्ट गर्नुहोस्