लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तुलसीको बीजारोपण गरी आज देशभर निर्जला एकादशी व्रत गरिँदै

tillotmacitynews - 2023 May 31 09:41 AM
IMG

तिलोत्तमा सिटी । जेठ १७ गते । आज निर्जला एकादशी,  वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बीजारोपण गरी निर्जला एकादशी व्रत गर्दैछन । हरेक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज बीजारोपण गरिएको  तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन मोठमा रोपिन्छ । आजका दिन सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।



तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ । पूर्वीय दर्शन परम्पराको मैथिल परम्परामा जेष्ठ शुक्लपक्ष लाग्ना साथ दशहरा स्नान मेला प्रारम्भ हुन्छ । जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाका लागि फूलको दल राख्ने र त्यसको भोलिपल्ट आज एकादशीको दिन तुलसीको दल राख्ने गरिन्छ । निर्जला, हरिशयनी र हरिवोधनी एकादशीलाई विशेष मानिन्छ । आज तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ ।

कमेन्ट गर्नुहोस्