लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाफा सुमहको साधारण सभा तथा वृहत भेला, सहयोगी दाता सम्माानित, आन्तरिक व्याडमिन्टन प्रतियोगीता

IMG

जेठ १५, २०८० तिलोत्तमा।खेलकुद क्षेत्रमा क्रियाशिल रुपन्देहीको लाफा सुमहको चौथो बार्षिक साधारण सभा तथा वृहत भेला सम्पन्न भएको छ।  साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले खेलकुद क्षेत्रमा लाफा समुहको योगदान उच्च भएको बताए ।उनले खेलकुदको अलवा सामाजिक कार्यक्रममा समेत समुहको सहभागीताले वडामा थप सामाजिक कार्यमा सहजता भएको बताएका थिए ।कार्यक्रममा लाफा समुह बुटवलका सल्लाहार चक्रबहदुर  रानाले  लाफा समुहले विभिन्न क्षेत्र भलिवल, फुटसल, व्याडमिन्टन लगायतका क्षेत्रमा योगदान दिएको बताउदै यसले निरनत्रता पाउनुपर्ने बताएका थिए ।


समुहका अध्यक्ष बबिन थापाले समुहले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताएका थिए । कार्यक्रममा यसपाल  चौतारे, टिप राना, पुर्व  वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ लगायतले बोल्दै समुहले गर्दै आएको कार्य उच्च रहेको भन्दै आगामी दिनमा पनि खेलकुद र सामाजिक क्षेत्रमा  योगदान दिदै जानुर्पे बताएका थिए ।समुहले राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलाडी समेत उत्पादन गर्दै आएको छ ।  कार्यक्रममा समुहलाई सहयोग गर्ने विभिन्न व्याक्तिहरुलाई सम्मान गरिएको थियो । 


साधारण सभाको अवसरमा आयोजना गरिएको आन्तरिक व्याडमिन्टन प्रतियोगीतामा ए लेभल तर्फ रेम्पो कुँवर  र पवन गिरीको समुह प्रथम भएको थियो । वि लेभल तर्फ तिलक थापा र सन्तोष घिमिरेको समुह प्रथम भएको थियो ।  विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । प्रतियोगीतामा अनुशान खेलाडी पुरन राना,  उदयमान खेलाडी रेम्पो कुँवर लाई  नगद सहित सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्