
तिलोत्तमा सिटी । बैशाष २९ गते । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज शुक्रबार तीन खेल हुँदैछन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा १६ खेलबाट २० अंक जोडेर दशौँ स्थानमा छ भने पुलिस समान खेलबाट १६ अंकसहित तालिकाको अन्तिम स्थान अर्थात् ‘रेलिगेसन जोन’मा छ ।
दशरथ रंगशालामै आज साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १६ खेलबाट १८ अंकसहित १२औँ स्थानमा रहँदा खुमलटार समान खेलबाट १७ अंकसहित १३औँ स्थान अर्थात् रेलिगेसन जोनमै छ । दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । १६ खेलबाट २० जोडेको हिमालयन शेर्पा नवौँ स्थानमा र समान खेलबाट समान २० अंक जोडेको मनाङ आठौँ स्थानमा छन् । ३० अंक जोडेर जावलाखेल युथ शीर्ष स्थानमा रहँदा समान अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्