लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करिब ३० लाख बराबरको गरगहनासहित वीरगन्जबाट भारतीय नागरीक पक्राउ

tillotmacitynews - 2023 May 08 09:15 AM
IMG

         तिलोत्तमा  सिटी / वैशाख २५ । प्रहरीले वीरगन्जबाट एक भारतीय नागरीकलाई करिब ३० लाख रुपैयाँ बराबरको गरगहनासहित पक्राउ गरेको छ ।



भारतबाट अवैधरूपमा सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरू ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा शुक्रबार बिहान ११ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट वीरगन्जतर्फ शंकास्पद रुपमा आउँदै गरेका भारत हौँडा जिल्ला डोमजुर ग्राम बदमपुर टोल बस्ने ४५ वर्षीय बुद्धदेव मैतीलाई पक्राउ गरेको हो ।



मैतीको शरीरको तलासी लिँदा उनले लगाएको गाढा निलो रङको ज्याकेटको गोजीमा लुकाइछिपाइ राखिएको सुन जस्तो देखिने पहेलो धातुको सिक्री २७ थान (२ सय २४ दशमलव ८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१ दशमलव ९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५ दशमलव २० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६ दशमलव ७८ ग्राम, रातो रुबी जस्तो देखिने पत्थर ८ दशमलव ४९ ग्राम, निलो रंगको निजम २ दशमलव ३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (कृत्रिम ) स्टोन ११ दशमलव ६ सय ग्राम फेला परेको थियो ।


कमेन्ट गर्नुहोस्