
तिलोत्तमा सिटी १६ बैशाख २०८०। एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको खेलमा कप्तान रोहित पौडेल र अर्का ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । रोहितले ५६ बलमा र कुशलले ४२ बलमा अर्धशतक हानेका हुन् । तर कुशल ५७ रनमा आउट भए।एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।
नेपाल र कुवेतबीचको खेल ८/८ ओभर घटाएर फेरि सुरु
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए ।आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।
कमेन्ट गर्नुहोस्