लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई १३ रनले हरायो

tillotmacitynews - 2023 Apr 23 10:29 AM
IMG

तिलोत्तमा सिटी । बैशाष १० गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई १३ रनले हराएको छ । गएराति भएको खेलमा पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो । मुम्बईका सूर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । ग्रीनले सर्वाधिक ६७ रन बनाए । सूर्यकुमार ५७ रनमा आउट भए ।



कप्तान रोहित शर्माले ४४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले ४ तथा लियम लिबिङ्स्टोन, नाथन एलिसले १/१ विकेट लिए । त्यसअघि वाङखडे मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । पञ्जाबका कप्तान साम करनले सर्वाधिक ५५ रन बनाए  । हरप्रित सिंहले ४१ रन जोडे । मुम्बईका पियूष चावला र क्यामरुन ग्रीनले समान २/२ र जेसन बेहरानड्राफ्ट, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान १/१ विकेट लिए । सात खेलमा चार जितसहित पञ्जाब अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ खेलमा तेस्रो हार ब्यहोरेको मुम्बई अङ्क तालिकाको सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ रनले हराएको थियो ।


कमेन्ट गर्नुहोस्