लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यूएईलाई हराउँदै नेपालको शानदार जीत

IMG

तिलोत्तमा,२०७९ फागुन २८। आईसीसी क्रिकेट वल्ड कप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा जीत निकाल्दै एकदिवसीय मान्यता कायम राखेको छ । आईतबार त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराउँदै जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले ४९ ओभर २ बलमा २ सय ४८ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा अलआउट हुँदै ७१ रनमात्र लिन सक्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।


 त्यस्तैगरी आरिफ शेखले ४३, गुलसन झाले ३७, दिपेन्द्र सिंह ऐरीले ३४, भिम सार्कीले २९ रनको योगदान गरे । त्यस्तैगरी कुशल भुर्तेललले ८ रन बनाउदा सन्दिप लामिछाने र सोमपाल कामीले २÷२ रन लिए । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलसन झाले समान १÷१ विकेट लिएका थिए । 

कमेन्ट गर्नुहोस्