लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु सृजना कप फुटबल: आहानाको फराकिलो जित, फर्साटिकर शुन्यतामा

IMG

तिलोत्तमा,२०७९ फागुन २४।न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजनामा बुधबारदेखि संचालित पाँचौ ९ ए साइड न्यु सृजना कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । करौजियास्थित गुम्बा नजिकै जनजागृति प्राथमिक बिद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा आहाना एफसी, बुटवलले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा आहानाले फर्साटिकर युवा क्लब (बि टिम) , फर्साटिकरलाई ५-० ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा आहानाका जर्सी नम्बर ७ का मिलन आले मगर म्यान अफ द म्याच चुनिएको क्लबका अध्यक्ष सोवित थापा दर्लामीले जानकारी दिनुभयो। 


प्रतियोगिता अन्तरगत  फागुन २५ गते बिहिबारको खेल झरना स्पोर्ट्स क्लब कुञ्जलापुर र समपुर्ण युवा क्लब सुपौली बीच हुने खेल संयोजक शेर बहादुर गुरुङले जानकारी दिए । आज सम्पन्न पहिलो खेल तथा प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका उपमेयर जगेश्वर देवी चौधरीले गर्नुभएको हो। उपमेयर चौधरीले युवा बर्गमा लोकप्रिय खेल फुटबलले यस क्षेत्रको खेलको बिकास संगै सिंगो देशका लागि योगदान दिने बताउनुभयो।  उहाँले नगर भित्रका खेलाडीको सम्मानमा नगरपालिका प्रतिबद्ध रहेको भन्दै यस्ता प्रतियोगिताले समाजका युवालाई एकत्रित गर्ने बताउनुभयो। सो अवसरमा तिलोत्तमा नगर वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, वडा सदस्यहरु केशवराज भण्डारी, लिलादेवी छन्त्याल,सम्झना परियार,प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव प्रकाश भट्टराई,   रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, करौजिया टोल बिकासका छाबिराम सोमै,क्लबका संस्थापक संरक्षक पदमा गुरुङ   लगायतको उपस्थिति रहेको थियो ।


यहि चैत्र ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम क्लबका सल्लाहकार धन बहादुर चौधरीले बताए ।


कमेन्ट गर्नुहोस्