लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाचौं न्यु सृजना कप फुटबल भलवारी करौजियामा फागुन २४ देखि शुरु

IMG

तिलोत्तमा,२०७९ फागुन २३।  पाचौं न्यु सृजना कप नकअउट ‘नाइन ए साइड’ फुटवल प्रतियोगीता २०७९ भोली बुधबार देखि आयोजना हुने भएको छ । न्यु सृजना युवा क्लब तिलोत्तमा वडा नं. १३ करौजियाको खेल मैदानमा प्रतियोगीता हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको हो। तिलोत्तमा-१३ करौजियामा आज सम्पन्न पत्रकार सम्मेलन तथा होली मिलन कार्यक्रममा न्यु सृजना युवा क्लबका अध्यक्ष सोवित थापा दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा रुपन्देही जिल्ला फुटवल सघंका अध्यक्ष लोक पुन, भएको थियो भने विशिष्टि अतिथिमा न्यु सृजना युवा क्लबका संरक्षक नरजंग गुरुंङ्ग रहनु भएको थियो ।


कार्यक्रममा झरना स्पोर्ट्स क्लब कुन्जालापुरका अध्यक्ष गांगा प्रसाद राना , क्लबका संरक्षक विशिष्ट अतिथि नरजंग गुरुङ र प्रमुख अतिथि रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष लोक पुनले फ़ागुपुर्णीमा होलीको शुभकामना दिदै फुटबल खेलको विकास गर्दै  राष्टिय स्तरको  खेलाडी उत्पानमा सबैको साथ र सहयोग अति आवश्यक रहेको बताउनु भएको थियो ।अतिथिहरुमा झरनास्र्पाेट क्लब कुन्जालापुरका अध्यक्ष गांगा प्रसाद राना, झरना स्पोर्ट्स क्लब कुन्जालापुरका  कोषाध्यक्ष निर्मल थापा, लिस्नु युवा क्लब कोटिहवा का सहसचिव रामु भण्डारी , सम्र्पुण युवा क्लब सुपौलीका सहसचिव रवि अर्याल , सम्र्पुण युवा क्लब सुपौलीका सल्लाहकार राजकुमार क्षेत्री , क्लबका पुर्व अध्यक्ष, कोषाध्यक्ष, सचिव लगायत खेलप्रमी खेलाडीहरुको  सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन धनबहादुर चौधरीले गर्नु भएको थियो ।


फागुन २४ गते बाट सुरु हुने फुटवल प्रतियोगीतामा १६ टीमको सहभागीता रहने छ । सहभागी टिमहरुमा आहना युवाक्लब (बुटवल),फर्साटिकरएकेडेमी ( फर्साटिकर), न्यु सृजना युवा क्लब (करौजिया) ,लिस्नु युवा क्लब (कोटीहवा) , सिद्धार्थ युवा  क्लब (चपहट्टी) , झरना स्पोर्ट्स क्लब (कुन्जालापुर) , सन्जीवनी युवा क्लब (बागधुरा) , ओमसतिया एफ. सी (ओमसतिया)  अमुवा एफ सी (अमुवा), माछापुच्छे युवा क्लब (भैरहवा), सम्पुर्ण (सुपौली) ,देवदह ब्वाइज (देवदह  नगरपालिका), हिमाल युथ क्लब, (माणिग्राम), फर्साटिकर एफ .सी (फर्साटिकर), डि. एम सी. (तुलसीपुर) रहेका छन् । फागुन २४ गते हुने पाचौं न्यु सृजना कप नकअउट  नाइन ए साइड फुटवल प्रतियोगीताको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणद्धारा हुने आयोजकले जनाएको छ। 


फागुन २४ गते बुधबार हुने पहिलो न्यु सृजना युवा क्लब तिलोत्तमा वडा-१३ करौजियाको खेल मैदानमा हुने पहिलो खेलमा आहना युवा क्लब बुटवल भर्सेज फर्साटिकर एकेडेमी वीच दिउसो ३ वजेदेखि पहिलो खेल हुने  खेल संयोजक शेरबहादुर गुरुङ्ले बताउनु भएको छ ।  फागुन २४ गते बुधबार बाट सुरु हुने फुटवल प्रतियोगीता चैत्र ११ गतेसम्म हुने आयोजकले जनाएको छ । प्रथम पुरस्कार रु. १ लाख ११ हजार कप मेडल, र प्रमाणपत्र,द्धितिय पुरस्कार रु. ५५ हजार ५ सय, कप ,मेडल र प्रमाणपत्र, र उत्कृष्ट खेलाडीलाई रु. ५ हजार कप मेडल प्रमाण पत्र, सर्वाधिक गोलकर्तालाई, रु. ५ हजार कप, मेडल र प्रमाणपत्र, उदयमन खेलाडीलाई, रु. ३ हजार कप मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक शेरबहादुर गुरुङ्ले जानकारी दिनु भयो ।



कमेन्ट गर्नुहोस्