
तिलोत्तमा,२०७९ माघ २४ गते। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ रुपन्देही जिल्ला दोस्रो अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको सफलता तिलोत्तमा नगरपालिकालाई प्राप्त भएको छ । नेपाल निजामती कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा आज देखि शुरु सो प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सियारी गाउँपालिकालाई तिलोत्तमा नगरपालिकाको तर्फबाट इन्जिनियर कल्याण जंग अधिकारीले १ गोल गरी नगरपालिकालाई जिताएका हुन्।खेलमा म्यान अफ द म्याच हुँदै तिलोत्तमा नगरपालिकाका कल्याण जंग अधिकारीले एक हजार नगद सहित शिल्ड प्राप्त गरेका थिए।
खेलको पहिलो हाफ सम्म कुनै पनि गोल भएको थिएन तर दोस्रो हाफको १३ औ मिनेटमा कल्याण जंग अधिकारीले बलको सदुपयोग गर्दै एक गोल गरेका थिए। सियारी गाउँपालिकाको धेरै प्रयास भएपनि तिलोत्तामाका किप्पर राजु शर्माको बेजोड किपिंगले गोलहुन सकेन। प्रतियोगिता अन्तर्गत देवदह नगरपालिका र शुद्धोदन गाउँपालिका बीचको उद्घाटन खेलमा देवदहले शुद्धोदनलाई ३-० अन्तरले हराएको छ।पहिलो जितसंगै भोली तिलोत्तमा नगरपालिकाले छिमेकी नगरपालिका सिद्धार्थनगरसंग क्वाटरफाइनल खेल खेल्ने तिलोत्तमा नगरपालिकाका टिम म्यानेजर तथा प्रमुख लेखा अधिकृत रमेश बस्यालले जानकारी दिनुभयो।
तस्बीर : प्रविन बन्जाडे
कमेन्ट गर्नुहोस्