
तिलोत्तमा,२०७९ पौष २८ गते आईतबार। सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लबले "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा बिहिबार हाफ म्याराथन कार्यक्रम सम्पन्न गरेको छ। उक्त रिभर साइड हाफ म्याराथनमा २५ मिनेटमा दुरी पार गर्दै १० नम्बर नयामिल निवासी सुमन परियारले उपाधि जितेका छन्। २५ जना सहभागी भएको म्याराथनमा धावक सुमनले २५ मिनेटमा मणिग्राम चोक देखि गोरकट्टा क्लब मैदान सम्मको दुरी पास गरेका क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले जानकारी दिएका छन्।हाफ म्याराथनको पहिलो स्थान सुमन नेपालीले ओगटे भने दोस्रो स्थानमा रोजिन दर्लामी, तेस्रो स्थानमा समिर नेपालीले सो दुरी सम्मको म्याराथन सम्पन्न गरे। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित सो म्याराथनको आयोजना गरिएको क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक थापाले क्लबले गरेका हरेक गतिविधिमा स्थानिय युवाहरुको उल्लेख्य सहभागिता रहेकोमा धन्यबाद ज्ञापन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागिखेलाकुद भन्ने नारालाई सकार बनाउन क्लबले खेलेको भूमिकाको तारिफ गर्दै क्लबलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बिजेता तथा दोस्रो र तेस्रो आउने धावकहरुलाई बधाई ज्ञापन गर्दै युवाहरुको खेलकुदमा रुचि बढाउन प्रदेश सरकारले समेत आकर्षक योजना बनाएको बताए। उनले समाजमा रहेर युवाहरुको सक्रियतामा सामाजिक सेवा र खेलकुदको माध्यमबाट युवायुवतीहरुलाई सहभागी हुन गर्न प्रेरित गरेकोमा क्लबलाई धन्यबाद समेत ब्यक्त गरेका छन्।
सो अवसरमामा बोल्दै क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले हाफ म्यारथनमा भौतिक तथा आर्थिक सहयोग गर्ने स्थानिय सबै सहयोगी एबम आमा समूह तथा जनप्रतिनिधिहरुमा धन्यबाद ज्ञापन गर्दै "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा क्लबले गर्न लागेको सबै कार्यक्रमहरुमा उल्लेख्य सहभागिता र सहयोग रहने अपेक्षा समेत गरेका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जापान गुजरियाे कराँते डाे मिसन संघ नेपालका संस्थापक अध्यक्ष काजी राना, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, युवा समाजसेवी जितु थापा लगायत विभिन्न सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
क्लबले माघी तथा खेलकुद महोत्सवको अवसर पारेर पौष ३० गते थारु बगिया रुपन्देहीको आयोजनामा अन्तरनगरस्तरीय करांते प्रतियोगिता र पौष ३० र माघ १ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९ नाम दिइएको सो मेलाको तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए।माघीको दिन र त्यस अघिल्लो दिनलाई भब्य रुपले सजावट गरि मेला स्थलमा बिशेष बनाइने उनको भनाई छ। सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक दोहोरी गायिका मन्जु भट्टराई, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ। तस्बीर: जितु थापा
कमेन्ट गर्नुहोस्