लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिभर्साइड युथ क्लबको ब्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजकलाई

IMG
तिलोत्तमा,२०७९ पौष २६ गते आईतबार। सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लबले "छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९" को अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ। माघी पर्वलाई बिशेष रुपले मनाउदै आएको क्लबले यसपटक खेलकुद महोत्सव सहित बिबिध कार्यक्रमको आयोजना गरेको हो। क्लबले आयोजना गरेको खेलमा आयोजकले सृजनशील युवा क्लब ४ नं लाई सोझो सेटमा हराएको थियो। आयोजकका तर्फबाट होम बहादुर राना र नगेन छन्तेलको जोडीले घनश्याम ज्ञवाली र प्रेम भुर्तेलको जोडीलाई सहज जितमा उपाधि जितेको हो। 

तिलोत्तमा नगरपालिका स्थित १० नम्बर नयॉमिलमा रहेको तिलोत्तमा ब्याडमिन्टन क्लबको कभर्डहलमा आयोजित प्रतियोगितामा तेस्रो उपाधि लागि तिलोत्तमा ब्याड मिण्टन क्लबका कृष्ण खनाल र सुदिप कंडेल र तिलोत्तमा सृजनशील समाजका सुमन राना र मन्जित चौधरीले जितेका छन्। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष दिवस थापाले बताउनुभयो।  प्रतियोगितामा प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बिजयी तथा उपविजेता र तेस्रो हुने टिमका खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभयो। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुलनारालाई आत्मसात गर्दै आयोजना गरिएको प्रतियोगितामा बिजेता उपविजेता तथा तेस्रो हुनेलाई माघी पर्वको दिन माघी मेलाको अवसरमा हुने भब्य समारोहका बीच पुरष्कार बितरण गरिने अध्यक्ष  दिवस थापाले जानकारी दिनुभयो। कार्यक्रमममा बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेल,राष्ट्रिय एम्पायर पदम थापा,थमन सारु, सुरज गुरुङ, घनबहादुर बुढाथोकी, अल्पा गुरुङ लगायत स्थानिय क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

क्लबले माघी तथा खेलकुद महोत्सवको अवसर पारेर पौष २७ गते क्लब भवन तथा आमा समुहको भवनमा बृहत रक्तदान , पौष २८ गते मंगलबार मणिग्राम चोकदेखि पश्चिम रिभर साइड खेलमैदान गोरकट्टासम्मको १६ बर्षभन्दा माथिको म्याराथुन,पौष २९ गते करांते प्रतियोगिता र पौष ३० गते र माघ १ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव २०७९ नाम दिइएको सो मेलाको तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष दिवस थापाले बताए।माघीको दिन र त्यस अघिल्लो दिनलाई भब्य रुपले सजावट गरि मेला स्थलमा बिशेष बनाइने उनको भनाई छ। सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक दोहोरी गायिका मन्जु भट्टराई, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ।   


 

कमेन्ट गर्नुहोस्