लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आर्मीलाई हराउँदै सङ्कटा क्लब आहा रारा गाेल्ड कपकाे सेमिफाइनलमा

IMG

तिलोत्तमा,२०७९ पौष १८। सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज साेमवार भएको खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई दुई–एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एक/एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ ।  १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

कमेन्ट गर्नुहोस्