लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुस २० देखि तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिता हुँदै

IMG

तिलोत्तमा, पौष १७,२०७९ साल। तिलोत्तमा नगरपालिकामा तिलोत्तमा मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही पौष २० गतेदेखि तिलोत्तमा-६ स्थित नयामिल १० नम्बरमा रहेको नवजीवन खेल मैदानमा प्रतियोगिता आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


नवजीवन क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडा मध्ये १५ वटा वडाले सहभागिता जनाएका छन् भने वडा नम्बर १२ र १५ ले भाग जनाएका छैनन्। आयोजक क्लबका सचिव सागर पाठकका अनुसार प्रतियोगितामा १५ टोलीले भाग लिने बताउनुभयो । लामो समयदेखि खेलकूदका गतिविधि ठप्प जस्तै भएको अवस्थामा खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई समेत  गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ थियो । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अन्य ब्यबस्थापन खर्च क्लबले गर्ने गरी आयोजना हुन लागेको सो प्रतियोगिताको पुरा अनुमानित खर्च ६ लाख गरिएको छ। नगरपालिकाको ४ लाख रुपैया सहयोग र अन्य खर्च आन्तरिक स्रोत बाट जुटाउने गरि क्लबले सो प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो। सो खेलले यस नगर क्षेत्रका खेलाडीको प्रतिभा प्रस्फुटन हुने र देशका लागि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको क्लबका सचिव सगर पाठकले बताए।


प्रतियोगितामा विजेता हुने टोलीले रु ५० हजार सहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बताउनुभयो । उपविजेताले रु २५ हजार, म्यान अफ दी सिरिजले, इमर्जिङ प्लेयरले र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले नगद उपहार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले र छक्का बल बाहिर समात्ने दर्शकले समेत रु १ हजार नगद पुरस्कार पाउने भएका छन् । पत्रकार सम्मेलनमा निबर्तमान वडा अध्यक्ष दिवाकर ढकाल, क्लबका पुर्व अध्यक्षहरु, नवाजिबन सहकारीका अध्यक्ष तथा खेलप्रेमी टिमका कोच म्यानेजर तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।  सो अवसरमा क्लबका अध्यक्ष र प्रमुख अतिथि द्वारा क्लबको ट्रफी अनावरण गरिएको थियो भने खेल संचालनार्थ चिठ्ठा थुताएर टाइशिटको काम समेत सम्पन्न गरिएको थियो। 



कमेन्ट गर्नुहोस्