लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ, खेल इतिहास : अर्जेन्टिना भर्सेस फ्रान्स

IMG

तिलोत्तमा,२०७९ पौष १ गते । कतारमा भइरहेको २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जित्यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन ।पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।


फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर छ ।फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ । फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ ।


अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो ।यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १-० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३-१ ले पराजित गरेको थियो ।यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।


अर्जेन्टिना भर्सेस फ्रान्स हेड टु हेड

खेल : १२

अर्जेन्टिना विजयी : ६

फ्रान्स विजयी : ३

बराबरी : ३


विश्वकपमा हेड टु हेड

खेल : ३

अर्जेन्टिना विजयी : २

फ्रान्स विजयी : १

अर्जेन्टिना र फ्रान्सबीच अहिलेसम्म भएका खेल 


­­­     वर्ष         खेल नतिजा          इभेन्ट


१     १९३०      फ्रान्स ०-१ अर्जेन्टिना    फिफा विश्वकप


२     १९६५      फ्रान्स ०-० अर्जेन्टिना    मैत्रीपूर्ण खेल


३     १९७१      अर्जेन्टिना ३-४ फ्रान्स    मैत्रीपूर्ण खेल


४     १९७१      अर्जेन्टिना २-० फ्रान्स    मैत्रीपूर्ण खेल


५     १९७२      अर्जेन्टिना ०-० फ्रान्स    ब्राजिल इन्डेपेन्डेन्स कप


६     १९७४      फ्रान्स ०-१ अर्जेन्टिना    मैत्रीपूर्ण


७     १८७७      अर्जेन्टिना ०-० फ्रान्स    मैत्रीपूर्ण खेल


८     १९७८      अर्जेन्टिना २-१ फ्रान्स    फिफा विश्वकप


९     १९८६      फ्रान्स २-० अर्जेन्टिना    मैत्रीपूर्ण


१०    २००७      फ्रान्स ०-१ अर्जेन्टिना    मैत्रीपूर्ण


११    २००९      फ्रान्स ०-२ अर्जेन्टिना    मैत्रीपूर्ण


१२    २०१८      फ्रान्स ४-३ अर्जेन्टिना    फिफा विश्वकप


कमेन्ट गर्नुहोस्