लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गृहमन्त्री खाँण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

IMG

तिलोत्तमा, १५ मंसिर २०७९।गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो ।भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ ।


गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी थिए । नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहभागी थिए ।

कमेन्ट गर्नुहोस्