लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अहिले १२ बजेपछि प्रसारप्रचार गरे २५ हजार जरिवाना तिराउँछौ : प्रमुख आयुक्त

tillotmacitynews - 2022 Nov 17 11:17 PM
IMG

तिलोत्तमा, २०७९ कात्तिक ३० गते ।  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज राति १२ बजेपछि कुनै उम्मेदवारले निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए २५ हजार रुपैयाँ जरिवाना तिराउने बताए।आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य पूरा नभएसम्म प्रचार प्रसार गर्न नपाइने बताए।


निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले कसैले पनि मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको कार्य पुरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न जुलुस निकाल्न वा नाराबाजी गर्न वा अन्य कुनैपनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । यस्तो कार्य गरेको पाइए आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।


थपलियाले भने, ‘आयोग काठमाडौंमा भएपनि निर्वाचन अधिकृत र अनुगमनकर्ता स्थानीय तहमै भएकाले उहाँहरुलाई यो व्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको निर्णय आजै गरेको छ । यस्तै, निर्वाचन विथोल्ने, बहिष्कार गर्ने वा बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट बञ्‍चित गराउने, डर धाक धम्की दिने कार्य रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको छ ।’


कमेन्ट गर्नुहोस्