
तिलोत्तमा, २०७९ कार्तिक २८ गते। रुपन्देही क्षेत्र नम्बर १ (२) का लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार अब्दुल रज्जाकले पर्यटकिय क्षेत्रको विकास, प्रचारप्रसार तथा संरक्षणलाई प्राथमिकता दिने बताएका छन् ।आइतबार मतदातासंग कुरा गर्दै रज्जाकले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार, प्रबर्द्दन र स्तरोन्नति गरि विकास गरिने बताएका हुन।
रुपन्देही १ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको बताउंदै गौतम बुद्दको मावली क्षेत्र देवदह, बाह्रकुने कुवा, भवानीपुर पाकड़ी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा, पुस्करानी दह, माथागढ़ीजस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्धनका निमित्त अहोरात्र खट्ने रज्जाकले बताए । जातिय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक संग्रहालयको स्थापना र आय आर्जनको लागि होमस्टेको अवधारणा ल्याइने समेत रज्जाकको भनाई थियो।
कमेन्ट गर्नुहोस्