लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता: यादव

IMG

तिलोत्तमा, २०७९ कार्तिक २३ गते। रुपन्देही क्षेत्र नम्बर १(१) बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिश्वनाथ यादवले आफू निर्वाचित भएपछि सबैभन्दा पहिला सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन् ।मंगलबार मतदातासङ्ग कुरा गर्दै नेता यादवले आफ्नो क्षेत्रमा सुकुम्बासी समस्या मुख्य समस्याको रुपमा रहेको बताउदै प्रदेश सभा सदस्यमा निर्वाचित हुन साथ सुकुम्बासी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।


यसअघि गठबन्धनको सरकारले 'भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिसकेको र बाँकी रहेका कामलाई आफू निर्वाचित भएर गएपछि निरन्तरता दिने यादवले मतदाता सङ्ग प्रतिबद्धता जनाए। घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए।

कमेन्ट गर्नुहोस्