
तिलोत्तमा,२०७९ साल १९ कार्तिक। साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले घरेलु टोली बंगलादेशलाई शनिवार १-० ले पराजित गर्दै दोस्रो जित निकालेको छ ।ढाकास्थित बीएसएसएसएमके स्टेडियममा भएको खेलमा वर्षा ओली नायक बन्दा नेपालले घरेलु टोलीलाई पराजित गर्दै ३ अंक जोडेको हो । प्रतिस्पर्धात्मक खेलमा वर्षाले ८७औं मिनेटमा गोल गरेकी थिइन् ।सिमरन राईको लामो फ्रिकिकमा पेनाल्टी बक्सभित्रबाट वर्षाले गोल गरेकी हुन् ।
लगातार दोस्रो जितपछि नेपालले ६ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।वर्षा ओलीको चार गोल मद्दतमा नेपालले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गरेको थियो ।भुटानलाई पहिलो खेलमा ८-० ले पराजित गरेको बंगलादेशको भने यो पहिलो हार हो ।तीन टिम सहभागी प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।नेपालले अर्को खेल बुधबार भुटानसँग खेल्नेछ भने अन्तिम खेल आउने शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस्