
तिलोत्तमा सिटी न्युज, असोज २२ गते । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशमा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच ५२ सिटमा तालमेल हुने भएकाे छ ।
शनिबार बिहान भएकाे छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चुनावी तालमेलकाे सहमति पत्रमा हस्ताक्षर भएकाे एमाले महसचिव शंकर पाेखरेलले जानकारी दिनुभएकाे छ। तालमेलअनुसार एमालेले ३५ र जसपाले १७ सिट पाउने भएका छन् । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र सहकार्य चुनावपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएकाे छ ।
कमेन्ट गर्नुहोस्