लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुपौलीमा समपुर्ण कप फुटबल : फाइनलमा नवयुवा ठुटिपिपल र न्यु हिउचुलिबीच प्रतिस्पर्धा हुँदै

IMG

तिलोत्तमा सिटी , २०७९असोज १६। सुपाैलिमा जारी स्व. खवीर पुन र स्व. प्यारि पुनको स्मृतिमा आयोजित प्रथम समपुर्ण नकआउट फुटबल प्रतियोगिता २०७९ को फाइनलमा नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल र न्यु हिउचुलि युवा क्लब बीच प्रतिश्प्रधा हुने भएको छ ! यहि असोज ४ गतेबाट शुरु भएको रोमाञ्चक प्रतियोगितामा पाल्पा सहित जिल्लाका १४ टिम सहभागी थिए। दिउसो २:३० बजे बाट हुने फाइनल खेलको तयारी आयोजकले पुरा गरेको क्लबका सचिव रवि अर्यालले बताए। पहिलो सेमिफाइनल खेलमा नव युवा खेलकुद तथा सांस्कृतिक परिवार,ठुटिपिपलले आहाना युवा क्लबलाई  १ का बिरुद्ध २ गोल गर्दै फाइनल माआफ्नो सिट सुरक्षित गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा न्यु हिउचुलि युवा क्लबले आयोजक समपुर्ण युवा क्लबलाई  २ का विरुद्ध ३ गोल गर्दै  फाइनलको यात्रा  सुरक्षित गरेको हो। 


प्रतियोगितामा रुपन्देही, सहित पाल्पा गरी १४ वटा टीमको सहभागिता रहेको छ भने विजेताले ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसै गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्बाधिक उत्कृस्ट प्लयेर,उत्कृस्ट गोल रक्षकले नगद ५/५ हजार सहित मेडल शिल्ड र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष झविलाल थापाले बताए ।प्रतियोगितामा यसपटक सुपौली निवासी स्व. खवीर पुन र स्व. प्यारि पुनको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ। सुपौली स्थित टाइगर प्यालेशको छेउमै यहि असोज १७ गते सोमबार हुने फाइनल खेलमा  नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपल र न्यु हिउचुलि युवा क्लब बीच रोमाञ्चक प्रतिश्प्रधा हुने आयोजक समपुर्ण युवा क्लब सुपौलीका सचिव रवि अर्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्