
तिलोत्तमा सिटी , २०७९ असोज ८। गत बिहिबारदेखि शुरु झरना स्पोर्टस क्लबको आयोजनामा भएको ३४ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा आयोजक झरना स्पोर्ट्स क्लब बिजयी भएको छ। पहिलो हाफसम्म निकै रोमाञ्चक रुपमा अगाडी बढेको खेलमा आयोजक झरना स्पोर्ट्स क्लबले योङ्ग स्टार क्लबलाई १ का बिरुद्ध ३ गोल गर्दै बिजयी भएको छ । पहिलो हाफ सम्म कुनै गोल नभएको प्रतिश्प्रधात्मक खेलमा दोस्रो हाफको ६५ औ मिनेटमा जर्सी नम्बर २ का सुमित श्रेष्ठको पासलाई हेड़ मार्फत जर्सी नम्बर १८ का सजिन थापा मगरले पहिलो गोल गरे भने दोस्रो गोल खेलको जर्सी नम्बर ७ का निशान सुनारले ७४ औ मिनेटमा पुन: १ गोल थपे। त्यस्तै खेलको उत्तरार्द्धमा जर्सी नम्बर ११ का राजु भुसालले पुन: अर्को गोल गर्दै झरनालाई अगाडी बढाए भने योङ्ग स्टार युवा क्लबका जर्सी नम्बर २ का सुरज घलानले १ गोल गरि शुन्यता बाट क्लबलाई बचाउन सफल रहे। सो खेल अबधि भर दर्शकले निकै प्रतिश्प्रधात्मक मनोरंजन लिए। खेलमा म्यान अफ द म्याच झरनाका जर्सी नम्बर १८ का सजिन थापा मगर बनेका छन्। यो जित संगै झरना स्पोर्ट्स क्लब सेमिफाइनल प्रवेश गरेको छ।
तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत भोली फुलबारी गाईज बुटवल र बाणगंगा नगरपालिका कपिलबस्तु बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट संरक्षक धनेन्द्र पौडेलले जानकारी दिनुभयो। स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको छ। यस क्षेत्रको सर्बाधिक राशी बिजेतालाई ३ लाख ११ हजार सहित शिल्ड मेडल ट्रफी र उपबिजेतालाई १ लाख ७५ हजार सहित शिल्ड मेडल ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष गङ्गा बहादुर रानाले बताएका छन्। यस क्षेत्रकै शानको रुपमा स्थापित क्लब खेलसंगै सामाजिक सेवामा अग्रसर छ भने क्लबको झरना कप स्थानिय स्तरमा उत्कृस्ट रहेको छ। हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने प्रतियोगिता हेर्न आउने महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई नि:शुल्क प्रवेशको ब्यबस्था गरिएको छ। सो खेल प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर रानाले बताए ।
कमेन्ट गर्नुहोस्