लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरपुर प्रथम स्मृती कपको उपाधी नव युवालाई

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ८।  शंकरपुर युवा क्लब " शंकरपुर" द्वारा आयोजित" क्या. कर्ण बहादुर पुन छन्त्याल  प्रथम स्मृति कप -२०७९ "को फाइनल खेलमा डिवाईसीलाई पेनाल्टीमा हराउदै नव युवा खेलकुद तथा सास्कृतिक परिवार(NYC) ,ठुटिपिपल बिजयी भएको छ। शुक्रबार सम्पन्न रोमाञ्चक तथा बराबरीको खेलमा दुर्गा युवा क्लब(DYC),कोटिमाइ विरुद्ध नव युवा खेलकुद तथा सास्कृतिक परिवार(NYC) ,ठुटिपिपलले ट्राइब्रेकरमा जित हासिल गरेको हो।

 

खेलमा बिजयी हुने युवा खेलकुद तथा सास्कृतिक परिवार(NYC) ,ठुटिपिपलले नगद रु ३० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल प्राप्त गरेको छ भने उपविजेता दुर्गा युवा क्लब(DYC),कोटिमाइले नगद रु २० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाएको छ। तिलोत्तमा नगरपालिका जाने हाइवे गेट शंकरपुर देखि ४ सय मिटर पश्चिमको खेल मैदानमा भएको सो खेल भाद्र १० गते देखि संचालनमा आएको क्लबका अध्यक्ष लवसन गुरुंगले बताए । प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका का नगर उपप्रमुख जगेश्वर देबि चौधरीले बोल्दै नगरको खेलकुद बिकासका लागी आफुहरु सकारात्मक रहेको र खेलाडीको हौसला बढ्ने गरी प्रतिभा खोजेको बताउनुभयो। उहाँले समग्र खेलकुदको विकासका लागि सबैको सहयोगले अघि बढ्ने र युवाहरु लाई दुर्व्यसनी बाट जोगाई सामाजिक बनाउन सफल भईने बताउनुभयो। प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई पुरष्कार प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो।


कार्यक्रममा क्लबका अध्यक्ष गोबिन्द गुरुङ, विशिष्ट अतिथि तिलोत्तमा वडा नम्बर ९ का अध्यक्ष धुर्ब न्यौपाने, विशिष्ट अतिथि आस बहादुर गुरुङ्ग, विशिष्ट  अतिथि हर्क पुन लगायतले खेलको महत्व,समग्र खेलकुदको बिकास र खेलाडीको संरक्षणका लागि एकजुट हुनुपर्ने कुरा बताएका थिए। प्रतियोगिताको समापन कार्यक्रम संचालन सचिव विजय चौधरीले गर्नुभएको खेल संयोजक नबिन थापाले जानकारी दिनुभयो। 


४० टिम बाट छानिएर आएका २ टिम बीच निक्कै प्रतिश्प्रधात्मक खेल भएको थियो। खेल ७ ए साइड भएकाले अझै रोमाञ्चक रहेको र यस्तो खालको खेल यस क्षेत्रमा पहिलो पटक भएकाले पनि निक्कै रमाइलो भएको आयोजक क्लबको दावी छ। क्लबका अध्यक्ष तथा खेल प्रतियोगिता समापन समारोहका अध्यक्ष गोबिन्द गुरुङका अनुसार प्रतियोगिताको सबै खेल शान्तिपुर्ण रुपमा सम्पन्न भएको र आगामी बर्षपनि अझै परिष्कृत गर्दै खेललाई रोमाञ्चक बनाउने कुरा ब्यक्त गर्नुभएको छ। खेलमा सहयोग गर्ने तिलोत्तमा नगरपालिका तथा सबै सहयोगीलाई हार्दिक धन्यबाद समेत ब्यक्त गर्नुभएको छ। 


कमेन्ट गर्नुहोस्