
तिलोत्तमा सिटी , २०७९ असोज ४। कोभिड १९ का कारण हुन नसकेको रुपन्देहीको प्रख्यात फुटबल टिम सुपौलीको समपुर्ण नकआउट फुटबल प्रतियोगिता आज असोज ४ गतेबाट शुरु भएको छ । समपुर्ण नकआउट फुटबल प्रतियोगिताको प्रथम संस्करण असोज ४ गतेदेखि रुपन्देहीको तिलोत्तमा-१५ सुपौली खेलमैदानमा दिउसो ३ बजे एक औपचारिक कार्यक्रमका बीच सुरु भयो ।
उद्घाटन खेलमा लिस्नु युवा क्लब र आहना एफ सी देवीनगर बीचको रोमाञ्चक प्रतिष्पर्धा भएको थियो। उद्घाटन खेलमा खेल अबधी भरिमा २/२ गोलको बराबरी भएपछी भएको ट्राइब्रेकरमा लिस्नु युवा क्लबले हार खेप्नु परेको छ। ट्राइब्रेकरमा लिस्नु र आहना को तर्फ बाट १/१ गोल गोलाकिप्परले रोके पछि पछिल्लो गोल पोलमा लागेर बाहिरिएको थियो भने त्यसपछिको गोल आहानाले फर्काएर १ गोलले पराजित गर्यो। हार संगै लिंसु प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा आजको म्यान अफ द म्याच आहानाका गोलकिप्पर बिक्रम राना भएका छन्।
उद्घाट्न खेलको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले गर्नुभएको हो। क्लबका अध्यक्ष झविलाल थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन खेलमा वडा नम्बर १४ का अध्यक्ष अश्विन पौडेल,वडाका जनप्रतिनिधिहरू, रुपन्देही फुटबल महासंघक अध्यक्ष लोक पुन, रुपन्देही खेलकुद बिकास समितीका अध्यक्ष अर्जुन केसी, प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन केसी, मुख्य प्रायोजक धन बहादुर पुन तथा टिका पुन, सह प्रायोजक अशोक पुन, नगर युवा परिषद सदस्य तथा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका गरि १४ टिम ले सहभागिता जनाएका छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ। प्रतियोगितामा बिजेताले ५० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। साथै खेलको हरेक दिन म्यान अफ द म्याच र फ़ाइनलमा विभिन्न ५ विधामा उत्कृस्ट खेलाडी घोषणा गरिने प्रचारप्रसार संयोजक रवि अर्यालले बताउनुभयो। तालिका अनुसार भोलिको खेल तिलोत्तमा-५ युवा क्लब तिलोत्तमा भर्सेस लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइन तिलोत्तमा बीच हुने आयोजकले बताएको छ।
कमेन्ट गर्नुहोस्