लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्बाधिक राशीको ३४औ झरना कप : आयोजक झरना बिजयी

IMG

तिलोत्तमा सिटी , २०७९ असोज २। गत बिहिबारदेखि शुरु झरना स्पोर्टस क्लबको आयोजनामा भएको ३४ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको आइतबारको खेलमा आयोजक झरना स्पोर्ट्स क्लब बिजयी भएको छ। दोस्रो हाफसम्म पनि निकै रोमाञ्चक रुपमा अगाडी बढेको खेलमा आयोजक झरना स्पोर्ट्स क्लबले सिम्रिक युवा क्लब बुटवललाई १ का बिरुद्ध ५ गोल गर्दै बिजयी भएको छ । भारि अन्तरले बिजयी भएपनि सो खेल अबधि भर दर्शकले निकै प्रतिश्प्रधात्मक मनोरंजन लिए। 


तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा आयोजक झरना स्पोर्ट्स क्लबले सिम्रिक युवा क्लब बुटवललाई पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल गर्दै विजयी भएको हो । सिम्रिक युवा क्लबको तर्फबाट जर्सी नम्बर १६ का राजेश परियारले १ गोल गरेका थिए भने झरनाको तर्फ बाट राज भुसालले २ गोल , निशान सुनार, सजिन थापा मगर, सेत परियारले १/१ गोल गरि ५ गोल पुर्याएका थिए। 



प्रतियोगिता अन्तर्गत भोली फुलबारी गाईज बुटवल र सम्झना परिवार मंगलापुर बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट संरक्षक धनेन्द्र पौडेलले जानकारी दिनुभयो। स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको छ। यस क्षेत्रको सर्बाधिक राशी सहित नगरकै शानको रुपमा स्थापित क्लब खेलसंगै सामाजिक सेवामा अग्रसर छ भने क्लबको झरना कप स्थानिय स्तरमा उत्कृस्ट रहेको छ। हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने प्रतियोगिता हेर्न आउने महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई नि:शुल्क प्रवेशको ब्यबस्था गरिएको छ। सो खेल प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर पुनले बताए । 


कमेन्ट गर्नुहोस्