
तिलोत्तमा , २०७९ भदौ ३१। बिहिबारदेखि शुरु झरना स्पोर्टस क्लबको आयोजनामा भएको ३४ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा बहुजातीय एकता समाज मडाहा बिजयी भएको छ।आज सम्पन्न रोमाञ्चक खेलमा बहुजातीय एकता समाज मडाहाले इन्टरस्पोर्ट्स क्लब बुटवललाई ० का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ ।बर्षात भएपनी केहि ढिलो शुरु भएको सो खेल अबधि भर दर्शकले निकै मनोरंजन लिए। तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा बहुजातीय एकता समाज मडाहाले इन्टरस्पोर्ट्स क्लब बुटवललाई शुन्यतामा २ गोल गर्दै विजयी भएको हो ।बहुजातीय एकता समाज मडाहाको तर्फबाट जर्सी नम्बर ९ का जीवन छन्तेलले २ गोल गरेका थिए भने छन्तेल आजको खेलमा म्यान अफ द म्याच समेत कहलिए।
प्रतियोगिता अन्तर्गत भोली गोर्खा ब्वाईज बुटवल र भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लब बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट संरक्षक धनेन्द्र पौडेलले जानकारी दिनुभयो। स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको छ। यस क्षेत्रको शानको रुपमा स्थापित क्लब खेलसंगै सामाजिक सेवामा अग्रसर छ भने क्लबको झरना कप स्थानिय स्तरमा उत्कृस्ट रहेको छ। हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने प्रतियोगिता हेर्न आउने महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई नि:शुल्क प्रवेशको ब्यबस्था गरिएको छ। सो खेल प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर पुनले बताए ।
कमेन्ट गर्नुहोस्