
तिलोत्तमा , २०७९ भदौ ३०। बिहिबारदेखि झरना स्पोर्टस क्लबको आयोजनामा यस क्षेत्रकै गरिमा बोकेको ३४ औ झरना रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। आज सम्पन्न समुद्घाटन खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ ।बर्षात भएपछी केहि ढिलो शुरु भएको सो खेल अबधि भर दर्शकले निकै मनोरंजन लिए। तिलोत्तमा नगरपालिका-६ कुञ्जलापुर उमा आधारभूत बिद्यालयको खेल मैदानमा सम्पन्न खेलमा लिस्नु युवा क्लबले नवयुवा क्लब ठुटिपिपललाई पहिलो हाफमा १ गोल र त्यसपछि दोस्रो हाफमा १ गोल गरि १ का बिरुद्ध २ गोल गर्दै विजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत भोली इन्टरस्पोर्ट्स क्लब बुटवल र बहुजातीय एकता समाज मडाहा बीच प्रतिस्पर्धा हुने आयोजकका तर्फबाट संरक्षक धनेन्द्र पौडेलले जानकारी दिनुभयो।प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा लोक पुनले बिहिबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले स्थानिय स्तरबाट खेल शुरु गरि ईतिहास बोकेको झरना कपको आफैमा गरिमा रहेको बताउनुभयो। उहाँले यस क्षेत्रको शानको रुपमा स्थापित क्लब खेलसंगै सामाजिक सेवामा अग्रसर भएको र क्लबको खेल प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो। प्रतियोगितामा रुपन्देही, नवलपरासी, नेपालगंज र कपिलवस्तुका १६ टोलीको सहभागिता रहेको झरना स्पोर्टस क्लबका अध्यक्ष गङ्गा बहादुर पुनले बताए ।
बिहीबारको खेलमा लिस्नु युवा क्लब कोटिहवाका जर्सी नम्बर ७ का सुशील राई म्यान अफ दि म्याच घोषित हुनुभएको छ । हरेक दिन दिउसो ३ बजेदेखी शुरु हुने खेल हेर्न महिला वृद्दबृद्दा अपाङ्गता भएका र अशक्तलाई नि:शुल्क प्रवेश दिइएको क्लबका संरक्षक धनेन्द्र पौडेलको भनाइ छ।
कमेन्ट गर्नुहोस्