लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असोज ४ देखि सुपौलीमा प्रथम समपूर्ण कप फुटबल हुने

IMG

तिलोत्तमा सिटी , २०७९ भदौ ३०। समपुर्ण युवा क्लबको आयोजनामा यहि अशोज ४ गते देखि प्रथम समपूर्ण कप नकआउट फुटबल प्रतियोगिता २०७९ हुने भएको छ। स्व: खबिर पुन र प्यारी पुनको स्मृतिमा उहाका छोरा धन बहादुर पुनले मुख्य प्रायोजन गरेको प्रतियोगिता सुपौली स्थित टाइगर प्यालेश नजिकैको खेलमैदानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष झविलाल थापाले जानकारी दिनु भएको छ। 


क्लबको सो प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका गरि १४ टिम ले सहभागिता जनाउने छन् भने खेल आइफाबको नियम अनुसार खेलाइने छ।  प्रतियोगितामा बिजेताले ५० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार सहित  मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ। साथै खेलको हरेक दिन म्यान अफ द म्याच र फ़ाइनलमा विभिन्न ५ विधामा उत्कृस्ट खेलाडी घोषणा गरिने प्रचारप्रसार संयोजक रवि अर्यालले पत्रकार सम्मेलनमा बताउनुभयो।  


उक्त पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघ तथा झरना स्पोर्ट्स क्लबका निबर्तमान अध्यक्षका लोक पुन, संजीवनी क्लबका अर्जुन केसी , लिस्नु युवा क्लबका तिर्थ राज मल्ल , नवयुवा खेल्खुद्का चन्द्र बहादुर गुरुङ लगायतले बोल्दै क्लबले आयोजना गरेको प्रतियोगिताको सफलताको कामना गरेका थिए।  प्रतियोगिताको बारेमा जानकारी दिदै खेल सह संयोजक धन बहादुर चौधरीले स्थानिय स्तरमा खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले आयोजना गरिएको बताउनुभयो। पत्रकार सम्मेलनको स्वागत सुनिल थापाले गरेका थिए  भने संचालन रवि अर्यालले गर्नुभएको थियो। प्रतियोगिताको पूर्ण लागत ४ लाख रहको जानकारी छ।  

कमेन्ट गर्नुहोस्