
तिलोत्तमा सिटी न्युज, भदौ २२ गते २०७९। शंकरपुर युवा क्लबको आयोजनामा भैरहेको क्या. कर्ण बहादुर पुन छन्त्याल प्रथम स्मृति कप २०७९ को आज बाह्रौँ दिन को दुई खेल सम्पन्न भएको छ। आज भएको पहिलो खेलमा झरना स्पोर्ट्स क्लब कुञ्जलापुर ए टिमलाई २ गोलले पछि पार्दै इन्टर स्पोर्ट्स क्लब बुटवल बिजयी भएको हो। ४० मिनटको खेलमा २ गोल गर्न सफल भै इन्टर स्पोर्ट्स क्लब बुटवल बिजय भएको क्लबका सचिव बिजय चौधरीले बताए।
त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा एनटिवाईसी टिकुलिगढ़ले १ गोलको अग्रता लिएको छ। एनटिवाईसी टिकुलिगढ़ र अमुवा एफसी अमुवाबिच भएको खेलमा २ को बिरुद्ध ३ गोल गर्दै एनटिवाईसी टिकुलिगढ़ बिजयी भएको प्रतियोगिताका संयोजक नबिन थापाले तिलोत्तमा सिटीलाई बताए।
भदौ २३ गते अर्थात भोलि ३ खेल हुने आयोजकले बताएको छ। सम्पन्न हुने ३ खेल निकै रोमाञ्चक हुने आयोजक क्लबका अध्यक्ष लवसन गुरुङले बताए। भोलीको पहिलो खेल एनवाई सी ह्वाइट ठुटिपिपल र सिद्धार्थ एफ सी २ बजे, दोस्रो खेल लुम्बिनी तिलोत्तमा र सेभेन स्टार ३:३० बजे र तेस्रो खेल रेसुङ्गा एफसी र युआर एफसी शिवपुर ४:३० बजे बजे हुने अध्यक्ष गुरुङले बताए ।
कमेन्ट गर्नुहोस्