लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरपुर युवा क्लब फुटबल : डिवाइसी र भूपू सैनिक बिजयी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २१ गते २०७९। शंकरपुर युवा क्लबको आयोजनामा भैरहेको क्या. कर्ण बहादुर पुन छन्त्याल प्रथम स्मृति कप २०७९ को आज बाह्रौँ दिन को दुई खेल सम्पन्न भएको छ। आज भएको पहिलो खेलमा फर्साटिकर एफसी लाई १ गोलले पछि पार्दै डिवाइसी बिजयी भएको हो। ४० मिनटको खेलमा २ को बिरुद्द ३ गोल गर्न सफल भै डिवाइसी बिजय भएको क्लबका सचिव बिजय चौधरीले बताए। 


त्यस्तै आजै सम्पन्न दोश्रो चरणको पहिलो गेम ( दोस्रो खेल ) मा  भु. पु. सैनिकले २ गोलको अग्रता लिएको छ। लुम्बिनी ट्रेनिङ्ग सेन्टर र भूपू सैनिक क्लब बिच भएको खेलमा १ को बिरुद्ध ३ गोल गर्दै भु. पु. सैनिक क्लब बिजयी भएको प्रतियोगिताका संयोजक नबिन थापाले तिलोत्तमा सिटीलाई बताए। 


भदौ २२ गते अर्थात भोलिको खेल निकै रोमाञ्चक हुने आयोजक क्लबका अध्यक्ष लवसन गुरुङले बताए।  भोलीको पहिलो खेल इन्टर स्पोर्ट्स क्लब बुटवल र झरना स्पोर्ट्स क्लब ए टिम र अमुवा एफसी र एनटिवाईसीका बीच क्रमश: दिउसो ३:३० बजे र ४:३० बजे हुने अध्यक्ष गुरुङले बताए । 



कमेन्ट गर्नुहोस्