
तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। कोभिड १९ का कारण दुई बर्ष देखि रोकिएको रुपन्देहीको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कप आज भदौ १८ गतेबाट शुरु हुदैछ । लिस्नु कपको २० औं संस्करण भदौ १८ गतेदेखि रुपन्देहीको तिलोत्तमा-१५ कोटिहवामा दिउसो ४ बजे एक औपचारिक कार्यक्रमका बीच सुरु हुदैछ । उद्घाटन खेलमा फर्साटिकर एफ सी फर्साटिकर र आहना एफ सी देवीनगर बीचको रोमाञ्चक प्रतिष्पर्धा हुने सचिब मनोज कुमार क्षेत्रीले बताए। उद्घाट्न खेलको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले गर्ने कार्यक्रम रहेको छ।
३ लाख राशीको फुटबल प्रतियागिता कोटिहवा स्थित पशुपति माध्यामिक बिद्यालयको खेल मैदानमा सञ्चालन हुने छ । लिस्नु कपका खेल संयोजक नेम बहादुर गुरुङ्गले प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र स्याङजाको वालिङ्गबाट गरि १६ वटा टिमको सहभागीता रहने जानकारी दिए । उनले स्थानियले पर्वको रुपमा मनाउने लिस्नु कप प्रतियोगिताको तयारी पुरा गरि खेल संचालनका लागी तयार पारिएको जानकारी दिए ।
स्थानीय पशुपति माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल असोज ३ गते खेलाईने कार्यतालिका रहेको गुरुङ्गले बताए । खेलमा प्रथम हुने टिमलाई नगद ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार र सेमी फाईनलमा पुगेका अन्य २ टिमलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष तिर्थराज मल्ल (तारा) ले जानकारी दिए ।
यस्तै प्रतियोगिताका मोष्ट भ्यालूएबल खेलाडीलाई २५ हजार, प्रत्येक म्याचका मेन अफ द म्याचलाई ३ हजार, बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाइस्कोररलाई जनही ७ हजार रुपैयाका दरले पुरस्कृत गरिने मल्लले जानकारी दिए ।
प्रतियोगितालाई स्थानीय श्रीमाया गुरुङ्गले आफ्नो बुवा स्वर्गिय डिम बहादुर गुरुङ्गको स्मृतिमा मूख्य प्रायोजन गरेकी छिन । करिब १५ लाख खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको लागि अन्य रकमको जोहो टिकट एवम सह प्रायोजकहरुमार्फत गरिने आयोजकको भनाई छ ।
क्लबका अध्यक्ष मल्लले प्रतियोगितको क्वार्टर फाईनल खेलका लागि जनही १ सय रुपैया, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैया टिकट तोकिएको बताए। यस्तै दैनिक रुपमा खेल हेर्न आउने दर्शकको लागि सिजनल टिकटको रुपमा १ हजार ५ सय रुपैयाँ तोकिएको बताए ।
प्रतियोगिता ९ जना खेलाडी लिएर मात्र खेलाइने उनले बताए । खेल मैदानको अभाव तथा वर्तमान खेल मैदानलाई हेरेर यो नियम बनाइएको हो । एक टिममा ९ जना खेलाडी, अतिरिक्त खेलाडी, कोच, टिम म्यानेजर गरि १६ जना मात्र सहभागी हुन पाउने मल्लले बताए ।
कमेन्ट गर्नुहोस्