लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरपुर युवा क्लबको फुटबल प्रतियोगिता : न्यु सृजना र रेसुंगा बिजयी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। शंकरपुर युवा क्लबको आयोजनामा तिलोत्तमाको शंकरपुरमा चलिरहेको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको २ खेलमा न्यु सृजना युथ क्लब र रेसुंगा युथ क्लब बिजयी भएका छन्। क्या. कर्ण बहादुर पुन छन्त्याल प्रथम स्मृति कप २०७९ को आज सम्पन्न आठौ दिनको पहिलो खेलमा डिजे युवा क्लब ओमासतियालाई पछाडी पार्दै न्यु सृजना युथ क्लब बिजयी भएको हो। डिजे युवा क्लब ओमसतिया भर्सेस न्यु सृजना युथ क्लब बिचको खेलमा १ गोल गर्न सफल भै न्यु सृजना युथ क्लब बिजय भएको एलबी सारु मगरले हामीलाई बताए। 


त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा रेशुङ्गा एफ सि दुर्गानगर बिजयी भएको छ। फ़ुटसल एफसी भलवारी र रेशुङ्गा एफ सि दुर्गानगर बिचको खेलमा  रेशुङ्गा एफ सि दुर्गानगरले खेल अवधिमा दुबैको बराबरी भएपछी मौसमलाई मध्यनजर गरि पेनाल्टी भएको थियो।  सो ट्राइब्रेकरमा २ का बिरुद्ध ३ गोल गर्न सफल भै  रेशुङ्गा एफ सि दुर्गानगर बिजयी भएको हो। तिलोत्तमा नगरपालिका जाने हाइवे गेट शंकरपुर देखि ४ सय मिटर पश्चिमको खेल मैदानमा खेल भैरहेको सो खेल भाद्र १० गते संचालनमा आएको क्लबका अध्यक्ष लवसन गुरुंगले बताए ।


खेलमा प्रथम हुनेले नगद रु ३० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन भने उपविजेताले नगद रु २० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन। भाद्र १८ गते शनिबार अर्थात भोलिको पहिलो खेल फ्रेन्डशिप एफसी भर्सेस डिएमसी तुलसीपुर र दोस्रो खेल युआरएफसी शिवपुर भर्सेस जहारना सपोर्टस क्लब बि कुञ्जलापुरबीच क्रमश: ३:३० बजे र ५:०० बजे हुने क्लबका सचिव बिजय चौधरीले बताए । 


कमेन्ट गर्नुहोस्