
तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। शंकरपुर युवा क्लबको आयोजनामा तिलोत्तमाको शंकरपुरमा चलिरहेको नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको २ खेलमा न्यु हिमचुली क्लब र एन टी वाईसी बि टिम बिजयी भएका छन्। क्या. कर्ण बहादुर पुन छन्त्याल प्रथम स्मृति कप २०७९ को आज सम्पन्न सातौ दिनको पहिलो खेलमा जैतुन किर्श्चियन बुटवललाई पछाडी पार्दै न्यु हिमचुली क्लब बिजयी भएको हो। जैतुन किर्श्चियन बुटवल भर्सेस न्यु हिमचुली क्लब बिचको खेलमा ३ को बिरुद्द ४ गोल गर्न सफल भै न्यु हिमचुली क्लब बिजय भएको एलबी सारु मगरले हामीलाई बताए।
त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा एन टी वाईसी बि बिजयी भएको छ। लुम्बिनी तिलोत्तमा बी र एनटी वाईसी बिबिचको खेलमा एन टी वाईसी बिले खेल अवधिमै ४ का बिरुद्ध ५ गोल गर्न सफल भै बिजयी भएको हो। तिलोत्तमा नगरपालिका जाने हाइवे गेट शंकरपुर देखि ४ सय मिटर पश्चिमको खेल मैदानमा खेल भैरहेको सो खेल भाद्र १० गते संचालनमा आएको क्लबका अध्यक्ष लवसन गुरुंगले बताए ।
खेलमा प्रथम हुनेले नगद रु ३० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन भने उपविजेताले नगद रु २० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन। भाद्र १७ गते अर्थात भोलिको पहिलो खेल न्यु सृजना युवा क्लब करौजिया भर्सेस डि जे युवा क्लब र दोस्रो खेल रेशुङ्गा एफ सि दुर्गानगर भर्सेस फुत्सल एफसी भलवारीबीच क्रमश: ३:३० बजे र ५:०० बजे हुने क्लबका सचिव बिजय चौधरीले बताए ।
कमेन्ट गर्नुहोस्