लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शंकरपुर युवा क्लबको फुटबल प्रतियोगिता : सेभेन स्टार र अमुवा बिजयी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १५ गते २०७९।शंकरपुर युवा क्लबको आयोजनामा तिलोत्तमाको शंकरपुरमा चलिरहेको नाका आउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको २ खेलमा सेभेन स्टार क्लब र अमुवा एफसी बिजयी भएका छन्। क्या. कर्ण बहादुर पुन छन्त्याल प्रथम स्मृति कप २०७९ को आज सम्पन्न छैटौँ दिनको पहिलो खेलमा मणिग्राम क्लबलाई पछाडी पार्दै सेभेन स्टार क्लब बिजयी भएको हो। मणिग्राम भर्सेस सेभेन स्टार बिचको खेलमा १ को बिरुद्द ३ गोल गर्न सफल भै सेभेन स्टार क्लब बिजय भएको एलबी सारु मगरले हामीलाई बताए। 


त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा अमुवा एफसी बिजयी भएको छ।  सनलाइट एफ सी र अमुवा एफसी बिचको खेलमा अमुवा एफसीले खेल अवधिमै १ गोल गर्न सफल भै बिजयी भएको हो। तिलोत्तमा नगरपालिका जाने हाइवे गेट शंकरपुर देखि ४ सय मिटर पश्चिमको खेल मैदानमा खेल भैरहेको सो खेल भाद्र १० गते संचालनमा आएको क्लबका अध्यक्ष लवसन गुरुंगले बताए ।


खेलमा प्रथम हुनेले नगद रु ३० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन भने उपविजेताले नगद रु २० हजार सहित शिल्ड प्रमाणपत्र तथा मेडल पाउनेछन। भाद्र १६ गते अर्थात भोलिको पहिलो खेल बुटवल जैतुन किर्श्चियन भर्सेस न्यु हिमचुली एफसी र दोस्रो खेल डिवाईसी बि टिम भर्सेस लुम्बिनी तिलोत्तमा बी बीच क्रमश: ३:३० बजे र ५:०० बजे हुने क्लबका सचिव बिजय चौधरीले बताए । 


कमेन्ट गर्नुहोस्