
तिलोत्तमा सिटी न्युज, भदौ ११ गते २०७९। कोरोना महामारीले रोकिएको रुपन्देही कै प्रतिष्ठित लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २०औं संस्करण आगामी भदौ १८ गतेदेखि शुरु हुने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै क्लबले पतियोगीताको भरपुर मनोराजन लिनुहुन सम्पुर्ण दर्शकहरुमा आग्रह गरेको छ। प्रतियोगिता सदा जस्तै यसपटक पनि तिलोत्तमा–१५, कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा हुने लिस्नु युवा क्लवका सचिव मनोज क्षेत्रीले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भैरहेको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको क्षेत्रीले बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि वडा नम्बर १५ का अध्यक्ष अखेमराज गुरुङ्गले क्लबले देखाएको सामजिक क्रियाकलाप र खेलाडीको सम्मानार्थ देखाएको बाटोमा आफु समेत बिगत देखि सामेल भैआएको र आफ्नो सबै प्रगती क्लबकै कारण भएको उल्लेख गरे। उनले क्लबको समग्र सहयोगका लागि आफु प्रतिबद्ध रहेको जनाउदै सबैले खेलाडीको प्रतिभा प्रष्फुटन हुने यो मैदानमा सहयोग गर्न अपिल समेत गरे। सो अवसरमा बोल्दै झरना स्पोर्ट्स क्लबका अध्यक्ष लोक पुनले लिस्नु युवा क्लबले देखाएको खेल र खेलप्रतिको प्रगतीले स्थानिय स्तरमा मात्रै नभई देशमै उल्लेखनिय काम गरेको बताए। त्यस्तै सो कार्यक्रममा क्लबका अध्यक्ष तिर्थ मल्लले क्लबले गर्ने सबै सामाजिक गतिबिधि भन्दा अलिक फरक तरिकाले आयोजना गरिएको खेलकुद प्रतियोगितामा सबैले खुलेर समर्थन र सहयोग गर्न आग्रह समेत गरे। क्लवले प्रतियोगिता संचालनका लागि मैदान मिलाउने काम शुरु गरि सकेको छ भने भने अस्थायी प्यारापिट लगायतका अन्य भौतिक संरचनाहरुको काम समेत सम्पन्न हुने अन्तिम चरणमा छ ।प्रतियोगितामा रुपन्देहीसहित ६ जिल्लाका १६ टिम तथा क्लबहरुको समेत सहभागिता रहने छ ।
स्व : डिम बहादुर गुरुङको स्मृतिमा उहाकी सुपुत्री श्रीमाया गुरुङले प्रतियोगितामा मुख्य प्रायोजन गरेकी छिन् । उनले आफ्ना स्वर्गिय पिता डिम बहादुर गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेकी हुन् । प्रथम पुरस्कार वापत बिजेता टोलीले ३ लाख नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन । उपविजेताले दोस्रो पुरस्कार बापत १ लाख ५० हजार नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५/२५ हजार पाउने छन् । यसैगरी व्यक्तिगत विधातर्फ हाइ स्करर, बेस्ट गोलकिपर, बेस्ट खेलाडी, पनि नगद ७ हजार सहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबले जानकारी दिएको छ । त्यस्तै प्रत्येक दिन म्यान अफ द म्याचलाई नगद रु ३ हजार , प्रतियोगितामा यस अघिको संस्करण फर्साटिकर युवा क्लबले चुमेको थियो ।
कमेन्ट गर्नुहोस्