
तिलोत्तमा सिटी न्युज, भदौ १० गते २०७९। मणिमुकुन्द कलेज बुटवलमा शुक्रबारदेखि शिक्षिका भलिवल प्रतियोगीता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गर्नुभयो । प्रतियोगीता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति माबि बुटवललाई २ – ० को सेटले पराजित गर्दै एभरेष्ट बिजयी भएको हो ।
प्रतियोगिताका अन्य खेलहरु शनिबार हुनेछन । प्रतियोगिताका विजेता टिमलाई कप, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनुका साथै प्रथम, द्धितीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रम समेत रहेको क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले जानकारी दिनुभयो । बिभिन्न विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासकालागी प्रतियोगिता आयोजना गरिएको उहाले बताउनुभयो । मणिमुकुन्द कलेज योगिकुटिमा जारि प्रतियोगिताको फाइनल खेल भोली शनिवार ३ बजे हुने आयोजकले जानकारी दिएका छन ।
मणिमुकुन्द विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षता र क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रको सञ्चाल झरना अर्यालले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्