लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिस्नु कप फूटबल : भदौ १८ गतेबाट शुरु हुदै

tillotmacitynews - 2022 Aug 14 05:30 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन २९ गते २०७९ । रुपन्देही कै प्रतिष्ठित लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २०औं संस्करण आगामी भदौ १८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता सदा जस्तै यसपटक पनि तिलोत्तमा–१५, कोटिहवा स्थित श्री पशुपति माविको खेलमैदानमा हुने लिस्नु युवा क्लवका अध्यक्ष तिर्थ मल्लले जानकारी दिएका छन् । प्रतियोगिता लागि आवश्यक सम्पूर्ण तयारीका कामहरु भैरहेको र यसपालिको प्रतियोगितालाई थप सभ्य र भब्य बनाउने गरि क्लबका पदाधिकारीहरु जुटिरहेको मल्लले बताएका छन् । क्लवले प्रतियोगिता संचालनका लागि मैदान मिलाउने काम शुरु गरि सकेको छ भने भने अस्थायी प्यारापिट लगायतका अन्य भौतिक संरचनाहरुको काम समेत लगत्तै शुरु गरिदैछ । प्रतियोगिताको प्रचार प्रसारका लागि स्थानिय एवं राष्ट्रियइतरका मिडियाहरुले सहयोग गरिरहेका छन् । प्रतियोगितामा रुपन्देहीसहित अन्य बिभिन्न जिल्लाका क्लबहरुको समेत सहभागिता रहने छ । 



प्रतियोगितामा प्रथम पुरस्कारको  प्रायोजन श्रीमाया गुरुङले गरेकी छिन् । उनले आफ्ना स्वर्गिय पिता डिम बहादुर गुरुङको स्मृतिमा पुरस्कार प्रायोजन गरेकी हुन् ।  प्रथम पुरस्कार वापत बिजेता टोलीले  ३ लाख नगद सहित मेडल ट्रफी प्राप्त गर्नेछन  ।  उपविजेताले दोस्रो पुरस्कार बापत  १ लाख ५० हजार नगद  प्राप्त गर्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही २५–२५ हजार पाउने छन् । यसैगरी व्यक्तिगत विधातर्फ पनि नगदसहित उचित पुरस्कारको व्यवस्था गरिएको क्लबले जानकारी दिएको छ । प्रतियोगितामा यस अघिको संस्करण फर्साटिकर युवा क्लबले चुमेको थियो । 


कमेन्ट गर्नुहोस्