लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

IMG

तिलोत्तमा सिटी न्युज, साउन २३ गते २०७९। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए । गठबन्धनको अर्को बैठक साउन २६ गते दिउँसो ४ बजे बस्नेछ ।



कमेन्ट गर्नुहोस्