लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मंसिर ४ मा हुने निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु

IMG

तिलोत्तमा सिटी न्युज, साउन २२ गते २०७९। निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता शुरु भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने छ । साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भईसकेका दलहरुलाई मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन र दलको केन्द्रीय तथा प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ । दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यका लागि छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ । दुई वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




कमेन्ट गर्नुहोस्