लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरीमा सकियो

IMG

तिलोत्तमा सिटी न्युज, साउन २१ गते २०७९। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको  बराबरीमा सकिएको छ ।लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बराबरीमा ल्याउन सफल भयो ।


खेलको ३२ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले गोल गरेर फुलहामलाई अग्रता दिलाए । तर ६४ मिनेटमा डार्विन नुनेजले गोल गरेर लिभरपुललाइ बराबरीमा ल्याए ।मित्रोभिचले नै ७२ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि फुलहामले २–१ को अग्रता बनायो । तर ८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २–२ को बराबरीमा ल्याए । बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। 

 

कमेन्ट गर्नुहोस्