
तिलोत्तमा सिटी न्युज, साउन १९ गते २०७९ । यू २० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली फूटबल टोली आज स्वदेश फर्किंदै छ।आज बिहीवार अपरान्ह ४ बजे टोली स्वदेश आइपुग्नेछ। भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्न नसकेको नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित हात पार्दै फाइनलमा पुग्ने सम्भावना बनाएको नेपाली टोली तेस्रो खेलमा भारतसँग ८–० गोल अन्तरले पराजित भएसँगै फाइनलको सम्भावना लगभग सकिएको थियो । अन्तिम खेलमा नेपाल बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो।
कमेन्ट गर्नुहोस्